चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा सहयोग गर्ने
चीनले कोरोनाभाइरसको उत्पत्तिको विषयमा गरिने अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको मद्दत गर्ने बताएको छ । यद्यपि, चीनले यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने माग गरेको छ । अमेरिकाले सधैं चीनले कोरोनाभाइरसको विषयमा पारदर्शिता नअपनाएको आरोप लगाउने गर्छ । यहाँसम्म कि अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस चीनको प्रयोगशालामा बनेको दाबीसमेत गर्छन् । यद्यपि, चीनले यी सबै आरोप ठाडै अस्विकार गर्ने गरेको छ । चीनले कोरोनाभाइरसको उत्पत्ति चीनभन्दा बाहिर भएको बताउने गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले अमेरिकाले एउटा झुट लुकाउनका लागि अर्को झुट बोलिरहेको बताएका छन् । स्रोतः बीबीसी थप पढ्नुहोस् ...










