मन्त्री दुलालको पहलकदमीमा चौतारा-काठमाण्डौ छोटो मार्गको निर्माण थालनी, जनता उत्साहित

उज्यालो प्रतिनिधि २६ बैशाख २०७७, शुक्रबार बागमती

सिन्धुपाल्चोक । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ को पहलमा चौतारा- काठमाडौं जोड्ने छोटो मार्गको निर्माण कार्य अघी बढेसँगै जिल्लावासी उत्साहित भएका छन । चौतारा–सीपाघाट–कात्तिके हुँदै काठमाडौं पुग्ने ५५ किलोमिटर सडक निर्माणको कार्य थालनी सँगै जिल्लावासी उत्साहित भएका हुन ।

गत वर्ष ३० करोड विनियोजन भएको चौतारादेखी झ्याँडीखोलासम्म १० किलोमिटर कालोपत्रे भइरहेको छ भने यस बर्ष मन्त्री दुलालकै योजनामा ५४ करोड विनियोजन भएको छ । विनियोजित रकमले झ्याँडीखोलादेखि देउरालीसम्मको १२ किलोमिटरमा कालोपत्रे हुनेछ । अहिलेको बजेट र पुरानो ३० करोडको बजेटले सिपाघाटसम्म सडकलाई पीच गरिने जनाईएको छ । हालको चौतारा–काठमाडौं भन्दा यो सडक २९ किलोमिटर छोटो छ ।

उक्त योजनालाई आफ्नो कार्यकालभित्र सकाउने मन्त्री दुलालको लक्ष्य छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार