अफ्रिकामा १ लाख ९० हजारभन्दा बढीको मृत्यु हुने डब्लूएचओको चेतावनी

उज्यालो प्रतिनिधि २६ बैशाख २०७७, शुक्रबार प्रवास

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारी यदि अफ्रिकामा रोक्न सकिएन भने झण्डै २ लाखको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

डब्लूएचओको एक अध्ययनले अफ्रिकी मुलुकहश्रमा कोरोना रोकथामका उपाय फेल भएमा यस महामारीको पहिलो वर्षमा नै अफ्रिकामा १ लाख ९० हजारभन्दा बढीको मृत्यु हुने चेतावनी दिइएको हो ।

अफ्रिकाका ४७ देशहरुको अवस्था विश्लेषण तथा प्रेडिक्सन मोडलको यो चेतावनी दिइएको बिबिसीले जनाएको छ । डब्लूएचओको अध्ययनअनुसार यदि अल्जेरिया, दक्षिण अफ्रिका र क्यामरुनमा रोकथामका उपायबारे ध्यान दिइँदैन भने त्यहाँको अवस्था थप भयावह हुनेछ । जसअनुसार स्वास्थ्य सेवाका लागि अबका दिन थप चुनौतीपूर्ण हुनेछन् र भारी संख्यामा मानिसहरु अस्पताल पुग्ने हुँदा धान्न सकिने छैन ।

अध्ययनमा अस्पतालहरुले आफ्नो क्षमता बढाउनुपर्ने सुझाव समेत दिइएको छ । मार्च २०२० मा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार अफ्रिकी क्षेत्रमा औसतमा १० लाख व्यक्तिमा ९ जनाका लागि मात्रै आइसीयू वार्ड उपलब्ध छन् । जबकि संक्रमण व्यापक बन्दै गएमा त्यहाँको स्वास्थ्य प्रणालीले नै धान्न सक्ने छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार