धादिङ । भारतबाट फर्केका धादिङको नीलकण्ठ नगरपालिका वडा नं.२ का दुई जनाको ‘पीसीआर रिपोर्ट’ नेगेटिभ आएको छ । नीलकण्ठ नगरपालिकाका ५६ बर्षिय पुरुष र ५५ बर्षिय महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरु दुवैको मंगलबार धादिङ अस्पतालमा र्या्पिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षणमा नेगेटिभ नै देखिएको थियो । उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी पुनः स्वाब परीक्षणको लागी काठमाडौँ पठार्ईएको जिल्ला अस्पताल धादिङका एक सुचना अधिकारीले जानकारी दिए ।
उनीहरुको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा रिपोट नेगेटीभ आएको हो ।दुवै महिला र पुरुष हाल धादिङ अस्पतालको आइसोलेसनमा रहेका छन् ।






