गणेश कुमार ठाकुर, सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ मैनाबत्ति पुलमा ट्रकले किचेर आज विहान एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख. ३३०९ नम्वरको ट्रकले ठक्कर दिंदा साइकलमा सवार सिरहाकै धनगढीमाई नगरपालिका वडा नं. १० कि ३५ वर्षिया विन्दा साफीको घटनास्थलमै मृत्यु भएको हो ।
आफन्तकोमा विण्णुपुर गाउँपालीका गईरहेको बेला मैनाबत्ति पुलको विचभागमा पुगेपछि एकैपटक दुईवटा ट्रक आएका बेला डराएर साइकल अनियन्त्रित भई ट्रकमा ठोकिएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले जनकारी दिनुभयो ।
ठक्कर दिने ट्रक र चालक आफ्नो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ । ट्रक पोखराबाट विष्कुट बोकेर धरानको लागि जाँदै गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरिले बताए ।






