गजुरी गाउँपालिकाद्वारा फौजी किराबाट जोगिने उपायहरु सार्वजनिक

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

धादिङ । धादिङको गजुरी गाउँपालिकाले सूचना जारी गर्दै मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपायहरु आज सार्वजनिक गरेको छ ।

गाउँपालिकाले किसानका हितका लागि मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाहरु सार्वजनिक गरेको हो ।गाउँपालिका प्रशासकीय अधिकृत युवराज अर्यालले एक सूचना जारी गर्दै मार्फत ८ वटा बुँदाहरुमा मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाहरु समावेश गरिएको छ ।

घोगा राम्रो सँग खोष्ठाले छोपिने (रामपुर कम्पोजित, अरुण-२) जातको मकै लगाउने, वर्षे मकै ढिला नगरी समयमै लगाउने मकै रोप्दा अन्य मिश्रित बालीसमेत सँगै लगाउन सूचना मार्फत प्रशासकिय अधिकृत अर्यालले आग्रह गरेका छन् ।
मकैबालीको छेउछाउ कीरालाई मन पर्ने नेपिएर जातको घाँस पासोको रुपमा लगाउन सकिने, काठमो धुलो वा खरानी मकैको गुवोमा राद्यन सकिने समेत सूचनामा उल्लेख गरिएको छ ।

यस्तै गाई भैसीको मुत्रमा तितेपाती, नीम १ देखि २ हप्ता पकाई एक भाग जोलमा १० भाग पानी मिसाई छर्ने, मकैको पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल अवस्थाको क्षेतिको लक्षण देखा परेमा नीम जन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम् ५ मिलिलिटर पानीमा मिसाएर छर्नु पर्ने समेत सूचनामा भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार