काेइलाबास नाकाबाट अवैध सामान सहित दुईजना पक्राउ
दाङ । भारतसँग जाेडिएकाे दाङको काेइलाबास नाकाबाट अबैध रूपमा भन्सार छलि ल्याएकाे सामान सहित दुईजना प्रहरीले पक्राउ पक्राउ गरेको छ । शुक्रबार बेलुका करिब तिनबजे दाङ गढवा गाँउपालिका वडा नम्बर ८ कोईलाबास नाका स्थित चिहान डाँडा भारतबाट अबैध रुपमा भन्सार छलि गरी सामान ल्याउदै गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र सिमा प्रहरी चौकी कोईलाबासबाट खटिएकाे टाेलीले संयुक्त रूपमा घोराही उप-महानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी २८ वर्षिय नरबहादुर पुन र लमही नगरपालिका वडा नम्बर रातो डाँडाँ निवासी ३० वर्षिय प्रदिप खत्रीलाई पक्राउ गरेको हाे पक्राउ पर्नेहरूकाे साथबाट प्लाष्टिकको सेतो बोरामा प्याक गरेको जुत्ता-१६६ जोर जुत्ता बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको थप पढ्नुहोस् ...












