समाज रुपान्तरणको लागि शिक्षाको आवश्यकता : चौधरी

शिवु खनाल २३ श्रावण २०७८, शनिबार मुख्य नेटवर्क

दाङ । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धिगर्न आवश्यक रहेको बताएका छन् । उनले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिए ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित जनज्योति माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै सदस्य चौधरीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गरे । ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’ शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको छ, सदस्य चौधरीले भने ।

कार्यक्रमका प्रमुख अतिथि समेतरहेका प्रतिनिधिसभा सदस्य चौधरीले शिक्षामा लगानी नबढाई हामीले प्रगति गर्न नसकिने बताए । ‘शिक्षा मुलुकको समग्र विकासको पूर्वसर्त हो । वर्गीय अन्तरविरोध हटाउने कुरा, सामाजिक विभेदहरुलाई हटाउने कुरा, नेपाली समाजलाई एउटा समतामुलक, न्यायमुलक समाजमा रुपान्तरण गर्ने कुरा शक्षाले मात्रै सम्भव छ । यसतर्फ सरकारको उचित ध्यान जानुपर्छ,’ उनले भने,  ‘पठनपाठनको राम्रो वातावरण बनाउने, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्था र्ने, देशभित्र शैक्षिक हब बनाउने विषय आजको चुनौति हो । त्यसो गर्न सक्यौं भने हाम्रो देशले छोटो समयमा प्रगति गर्न सक्छ । त्यो भयो भने, समानतातर्फ उन्मुख देशको विकास गर्न सकिन्छ । यहि ढंगबाट हाम्रा नीति तथा कार्यक्रमहरु बन्न आवश्यक छ ।

शनिवार जनज्योति माध्यमिक विद्यालयमा स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तरगत २५ लाख बजेटबाट नवनिर्मित पाँच कोठे सटर, तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत चालीस लाख र गाउँपालिकको दशलाख बजेटबाट नवनिर्मित चारकोठे पक्की भवन र राजपुर गाउँपाकिला वडा नम्बर २ को वडा कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ को बिसलाख बजेटबाट सम्पनन भएको दुईकोठे पक्की भवनको विधिवत् रूपमा संयुक्तमा उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा सदस्य चौधरीले राजपुरको मावि सिक्टा र जनज्योतिमा दुईवटा छात्रबास निर्माण गर्ने प्रतिवद्वता जनाए ।

जनज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथि तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, राजपुर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गाप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराजगिरी, विद्यालयका प्रअ केशवराज यादव लगायतले बोलेका थिए । विद्यालयका शिक्षक शेरबहादुर भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक देशराज गुप्ताले गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार