सीमावर्ती क्षेत्रमा आगलागी हुँदा घर र पशुचौपाया जलेर नष्ट
देउखुरी । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका स्थित आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतवार विहान चारबजे बिरबहादुर खड्काको घरमा आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा मक्षर धपाउन टोकरीमा धुप धुवा गराउन राखेको आगो खामा सल्किएर खड्काको कच्चि घरमा आगलागी हुदाँ घरमा क्षति भएको र घरभित्र रहेका पन्ध्रवटा बाख्रा र एकवटा गाई जलेर नष्ट भएको हो । उहाँले आगो निभाउने प्रयास हुँदा हुँदै घर पूर्ण रुपमा जलेको बताउनुभयो । आगलागीबाट घर, १५ वटा बाख्रा, गाई, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको पीडितको भनाइ छ । आगलागीबाट क्षति पुगेको परिवारलाई सुरक्षित स्थानमा सार्ने र तत्काल खाद्यान्न सामग्री वितरण गर्ने काम भएको थप पढ्नुहोस् ...












