वनको संरक्षण गरे वनले पनि गर्छ संरक्षण
देउखुरी । नेपालमा वन संरक्षणमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको सामुदायिक वनले केवल वातावरण संरक्षण मात्र नभएर स्थानीय जनजवनलाई नै उठाएको छ । सामुदायिक वनबाट ३३ लाख घरधुरीले लाभ लिइरहेका छन् । स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वनको व्यवस्थापन गर्ने नेपाल सरकारको नीतिअनुरुप करिब चारदशक अगाडि सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको वन क्षेत्रको एक महत्वपूर्ण कार्यक्रम हो । नेपालमा हाल मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रमा समेत गरी करिब २३ हजार पाँच सय सामुदायिक वन उपभोक्ता समूहले करिब २६ लाख हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोग गरिरहेका छन् । त्यसबाट करिब ३३ लाख घरधुरीहरू लाभान्वित भएका वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कमा रहेको छ । नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय मानिएको छ । सामुदायिक वनलगायत समुदायमा थप पढ्नुहोस् ...











