गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को बिमोचन

शिवु खनाल ६ जेष्ठ २०८२, सोमबार कला/साहित्य

दाङ। साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा कविता संग्रहको लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल, पदमप्रसाद शर्मा, समिक्षक रेशम बिसी र स्वयं स्रस्टाले संयुक्त रूपमा विमोचन गरिएको थियो ।

प्युठानको भिंग्रीमा जन्मिनुभएका कवि खनालको यो पहिलो कृति हो । संग्रहमा विभिन्न छन्दमा लेखिएका कविताहरू समावेश छन् । संग्रहमा समेटिएका कविताहरूले गरिबी, सामाजिक अन्याय र सत्ताको शोषणविरुद्ध सशक्त आवाज उठाएको समीक्षक रेशम बिसीले टिप्पणी गरेका थिए । उनले खनालका कविताहरू सरल, सहज र जनमुखी शैलीमा लेखिएको उल्लेख गर्दै तिनीहरूमा मानवतावादी दृष्टिकोण स्पष्ट झल्किएको बताए।

राप्ती साहित्य परिषद् दाङ शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा लोकस्कृतिविद डा गोविन्द आचार्यको प्रमुख आतिथ्यता एवं बरिष्ठ साहित्यकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा मन्तव्य व्यक्त गर्ने वक्ताहरूले कवि खनालका रचनाहरूमा देशप्रेम, गाउँको जीवनशैली, समकालीन सामाजिक–राजनीतिक यथार्थ र व्यक्तिगत अनुभूतिहरूलाई प्रभावकारी रूपमा उजागर गरेको बताएका थिए । त्यस अवसरमा लेखक खनालले साहित्यिक सिर्जना लेखनका क्रममा भोगेका अनुभुतिहरु सुनाएका थिए।

कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, परिषदका सल्लाहकार पुरुषोत्तम खनाल, सल्लाहकार पद्मप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कविता संग्रहमा ५२ वटा कविता समेटिएका छन् । राप्ती साहित्य परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सदस्य रिमा गौतमले गरेका थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार