जंगली जनावरको सुकुटीसहित दाङमा दुईजना पक्राउ
दाङ । जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी ३२ वर्षिय दामोदर योगी रहेका छन् । उनिहरुको साथमा एक नाबालक बालिका समेत रहेकी छन् । शनिवार बेलुका १२ किलो सुकुटी र केही थान कुर्ता सुरुवालका कपडा सहित उनिहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररीखोला बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरी लमहीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ । सुकुटी सहित पक्राउ परेका हेमराज गिरी बाल थप पढ्नुहोस् ...












