राप्ती नदीमा बेपत्ता भएकी चौधरीको चार घण्टापछि सफल उद्दार

शिवु खनाल २८ श्रावण २०७८, बिहीबार समाचार

दाङ । राप्ती नदीले बगाएको एक महिलाको उद्दार गरिएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा निवासी ४० वर्षिया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो । उनि बिहिवार दिउँसो करिब ४ बजेको समयमा गोबरडिहको राप्ती घाटमा श्रीमान्संग राप्ती नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी थिइन् । सोहि क्रममा उनलाई राप्ती नदीले बगाएर करिब आठ किलोमिटर तल लमही नगरपाकिला वडा नम्बर ४ बुटकहवा पु¥याएको थियो । राप्ती नदीको बेग तिब्र भएका कारण टेकरानी निस्कन सकिनन् र पानीको छाललाई हात खुट्टा चाल्दै आएको बताईन् ।
करिब ७/८ किलो मिटर पश्चिम पुगेर पानीको छालले उनलाई किनारा लगायो तर उनि कहाँ कुन ठाउँमा आए भन्ने कुनै पत्तो पाईनन । चौधरीले भनिन्,—। ‘राप्ती नदीको टापुमा खर समातेर अडिएको थिए । पानीबाट बाहिर निस्किएर चारै तिर हेरिन र टेकरानीले गुहार मागको बताइन् । राप्ती वारी लमही नगरपालिका वडा नम्बर ४ को बुटकहावा गाउँका स्थानिय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरेका थिए । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, बिष्णु केसी लगायतको टोली घटनास्थल पुगेको थियो ।
झन्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी ति महिलाको चित्कार सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक बिष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी ज्यानको प्रवाह नगरी राप्ती नदीमा हाम फाले । सशस्त्र प्रहरीको उद्दार टोली घटनास्थल नपुग्दा सम्म महिला भएको स्थानमा पुगेर उनलाई सान्तवना दिएको प्रहरी नायब निरीक्षक केसीले बताए । उनले बचाउ बचाउ भनेको सुन्दा मन साह्रै दुखेर आयो र हाम फालेर गए केसीले भने । त्यस्तै सशस्त्र प्रहरी वाल २९ नम्बर गण हेक्वा ज्वालामाई भालुवाङ्का प्रमुख टोप खनाल, ४१ नम्बर गण अर्जुनखोलाका प्रमुख यादव विश्वकर्मा, इलाका प्रहरी कार्यालय गढवाका राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय भालुवाङ्का प्रमुख भुवन भट्ट लगायतको टोली घटनास्थलमा पुगेको थियो । अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भैरहेको छ भने घरपरिवार समेत लमही अस्पतालमा पुगेका छन् ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार