हिलाम्मे सडकमा जोखिम यात्रा : ‘स्थानीय भन्छन्, भगवानको नाम लिदै यात्रा गर्न बाध्य छौँ’
दाङ । वर्षाशुरु भएदेखि दाङको लमही नगरपालिका अन्र्तगतका ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ । नगरपालिका क्षेत्रका विभिन्न गाउँ जाने सडकको अवस्था अहिले बिजोग छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण बनेको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने र यात्रुहरुलाई पैदल नै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पु¥याउँछन् । जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारी चालकहरु बताउँछन् थप पढ्नुहोस् ...











