माटोका भाडामा भविष्य खोज्दै कुमाल समुदाय

शिवु खनाल २० श्रावण २०७८, बुधबार समाचार

दाङ । कुमाल समुदायको परम्परागत पेशा र पहिचान हो माटोबाट भाँडा निर्माण गर्ने । केही वर्ष अगाडिसम्म माटोको भाँडाको प्रयोग राम्रो भएपनि विगत केही वर्षदेखि यो लोपको संघारमा पुगेको छ । विशेषगरी कुमाल समुदायको पहिचानसंग जोडिने यी भाँडा अहिले सहजै भेटिदैनन् । शहर बजारदेखि ग्रामीण क्षेत्रमा समेत अहिले विभिन्न धातु तथा प्लाष्टिकका भाँडावर्तनको प्रयोग बढ्दो छ ।

प्लाष्टिकका भाँडा वर्तनको प्रयोग बढेसंगै परम्परागत माटोका भाँडा लोप हुँदै गएका छन् । कुमाल समुदायले आफ्नो जीविकोपार्जनका लागि प्रयोग गर्ने सीप लोप हुँदै गएकाले संरक्षण गर्ने र नयाँपुस्तालाई माटोबाट निर्मित भाडा वर्तनका विषयमा जानकारी गराउने उद्देश्यले यो अभियानमा लागेको दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी नेपालु थारु कुमालले बताए ।

‘हाम्रा बाउबाजेले यही माटोका भाँडा बनाएर घरव्यवार चलाउनु हुन्थ्यो, कुमालले भने, ‘केही वर्षयता आधुनिक डिजाइनका प्लाष्टिक, आल्मुनियमका भाँडा भित्रिएपछि माटाका भाँडाले बजार पाउँन नै छाडे । बजार राम्रो नहुँदा माटोको भाँडा बनाउने सीप पनि पुस्ता हस्तान्तरण हुन पनि सकेको छैन ।’ माटोबाट गमला, पैनी, करुवा, पटेला, ठेकुवा, लगायतका भाँडा निर्माण अहिले यो समुदायका केही व्यक्तिमा मात्र माटोबाट भाँडा बनाउने सीप छ तर प्रयोग भने हुन सकिरहेको छैन । माटोको भाँडा प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त हुनुका साथै विभिन्न संस्कार र संस्कृतिमा समेत प्रयोग गरिन्छ । नेपाली समुदायको संस्कृतिसंग समेत प्रत्यक्ष जोडिएको माटोको भाँडालाई थप प्रवद्र्धन गर्न स्थानीय सरकार तथा सरोकारवाला निकायले ध्यान दिए संरक्षणमा टेवा पुग्ने देखिन्छ, कुमालले भने ।

माटोका भाँडा बनाउने कुुमाल समुुदायको परम्परागत पेशालाई संरक्षण सम्वर्धन र प्रवर्धन गर्न थालेको गढवा गाउँपालिका प्रवक्त बावुराम अधिकारीले बताउनुभयो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तरगत गढवा गाउँपालिकाबाट सात लाख ५० हजार, सहकर्मी समाजबाट चारलाख र उपभोक्ताहरुको दुईलाख बराबरको श्रमदानबाट माटाका भाडा पकाउने आधुनिक भट्टि निर्माण गरिएको मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम गढवाका संयोजक गिरीरान भटट्ले जानकारी दिए । यता स्थानीय गाजुराम थारू कुमालका अनुसार आधुनिक भट्टिबाट कम खर्चमा बढि माटाका भाडा उत्पादन हुने बताए ।

उनले भने, ‘परम्परागतबाट पकाउने माटाका भाडा आधुनिक भट्टिबाट छिटो र खर्च कम, उत्पादनमा सहज हुने गरेको छ ।’ गढवा गाउँपालिका वडा नम्बर १ मा करिब ४५ घरधुरी संख्याको परिवारले माटाका भाडाबाट भविष्य खोज्दै आएका छन् । जेठान गाउ र पत्रिङगा गाउँको सिमानामा रहेको लक्ष्मी र कुलखानी सामुदायिक वनको माटोबाट विभिन्न माटाका भाडाहरु बनाउदैँ जिविकोपार्जन गर्दै आएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार