दाङ । नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणी चाैधरीले दलित भुमीहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासिले कुनै पनि हालतमा लालपुर्जा पाउने बताए । उहाँले तालुकदार मन्त्रालयमा मन्त्रीको आगमन संगै भुमी समस्या समाधान आयोग गठन भइ पदाधिकारी पुर्ती छिटोभन्दा गरि जहाबाट काम रोकिएको छ त्यहीबाट सुरु हुने बताए ।
शनिबार दाङको लमही नगर संगठन कमिटीले आयाेजना गरेको भेलालाई सम्बाेधन गर्दै सदस्य चाैधरीले केपिका झुन्ड समुहले आयोगबाट जागिर जादा त्यस्को छट्पटीमा जनतालाई भ्रम छर्ने काम गरेका बताए । उनले भने,`हामी पार्टी एकताको पक्षमा छौ । अझै पनि पार्टी एकता गर्नका लागि कुरेर बसेका छौ तर, केपीले आफुलाइ सचाउन सकेनन् भने कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भएपनी हामिले छिट्टै कुनै ठोस कदम चाल्नुपर्ने हुन सक्छ ।´
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चाैधरीले भेलालाई सम्बाेधन गर्दै सरकारमा अब छिट्टै जाने विचार व्यक्त गरे ।
नेकपा एमाले लमही नगर संगठन कमिटीको बैठक तथा भेला शनिबार लमहीमा सम्पन्न भएको छ । लमही नगर संगठन कमिटीका अध्यक्ष शाेभा घिमिरेकाे अध्यक्षता एवम् नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य, दाङ जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीकाे प्रमुख अतिथिमा नगर संगठन कमिटीको बैठक तथा भेला सम्पन्न भएको हाे ।
भेलालाई नेकपा एमाले दाङका जिल्ला उप-सचिव शुरामनी बेलबासे, निर्वाचन क्षेत्र न.१ का इन्चार्ज बिरबहादुर केसी, संयोजक मिना गुरुङ्ले सम्बाेधन गर्नुभएको थियो । एमालेका नेता गणेश चाैधरीकाे स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमकाे संचालक जिल्ला सचिबालय सदस्य तथा नगरका सचिब भुमान्डप केसीले गरेका थिए ।






