राससमा भाँडभैलो : गोकुलले राखेका मान्छे पार्वतले निकाल्ने !
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा व्यवस्थापकिय कमजोरीका कारण भाँडभैलो भएको छ । राससमा अहिले पाँच समुहको छुट्टा छुट्टै आन्दोलन भइरहेको छ भने अध्यक्ष श्यामल अधिकारीले हार खाएर हात उठाएका छन् । अधिकारीको असक्षमताका कारण पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाको समयमा राखिएका पत्रकारहरुलाई अहिलेका सञ्चार मन्त्री पार्वत गुरुङ्ले निस्कासन गर्ने भएका छन् । नेकपाको ओली पक्षका कार्यकर्ताहरुकै बीचमा स्वार्थ बाझिएकाले सरकार, मन्त्री, अध्यक्ष र महाप्रवन्धक आफ्नै भएका बेला आफ्नै कार्यकर्ताले जागिरबाट हात धुनु पर्ने अवस्था आएको हो । “यस्तो अनुकुल समयमा सके अरु भर्ति गर्ने हो, उल्टै जागिर खाइरहेकाहरुलाई नै निकाल्ने अवस्था आउनु हाम्रो संगठनको र पार्टीको चरम कमजोरी र असक्षमता हो,” राससको विवाद मिलाउने प्रयास गरिरहेका प्रेस संगठनका एक नेताले भने । तत्कालिन प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्य भएका थप पढ्नुहोस् ...












