जसले आफन्त सम्झेर कालिका धामलाई उजिल्याए
काठमाडौं । समाजमा आफन्तको निधनपछि पाटी, पौवा, चौतारा निर्माण गर्ने, वरपिपल रोप्ने प्रचलन छ । भौतिक संरचनाको निर्माण र वृक्षरोपणले आफन्तको स्मृति भइरहने, बटुवा आएर भारी बिसाउँदा र आराम गर्दा मृतकको आत्माले शान्ति पाउने र स्मरण हुने जनविश्वास छ । आफन्तको स्मृतिमा प्रशस्तै नमूना कामहरु भएका छन् । त्यस्तै एउटा नमूना काम पाँचथरको याङवरक गाउँपालिका–४ का अस्मिन इधिङ्गो र उहाँको परिवारले गरेको छ जसकारण यहाँ रहेको धार्मिक पर्यटकीयस्थल कालिका धामले मुहार नै फेरेको छ । याङवरक–४ मा स्थायी बसोबास भएका इधिङ्गो पाँच वर्ष दक्षिण कोरियामा रोजगारीमा गई गत फागुनमा नेपाल आएका थिए । बन्दाबन्दीका कारण पुनः तत्कालै कोरिया फर्कनसक्ने अवस्था थिएन । बन्दाबन्दीमा परिवारसँग झापामा रहेका उनलाई आफ्नो पुख्र्यौली थलो याङवरक–४ थर्पू आएपछि आफन्तको स्मृतिमा यहाँ केही काम गरेर फर्कने थप पढ्नुहोस् ...












