सीमा सुरक्षा : विगतभन्दा अब्बल बनाउँदै
काठमाडौं । सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउँदै निगरानीमा कडाइ थालेपछि अतिक्रमणदेखि सीमा क्षेत्रमा हुने विवाद, सीमापार हुने अपराध र चोरी तस्करीका घटनामा कमी हुन थालेको गृहमन्त्रालयको निष्कर्ष छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा सुरक्षालाई विशेष प्राथमिकता दिँदै पछिल्लो सक्रियताले सकारात्मक परिणाम देखिन थालेको र अझै सुरक्षालाई अब्बल बनाउँदै लैजाने योजना सुनाए । उनका अनुसार सो योजना र निगरानीका कारण सीमापार हुने अपराध, चोरी निकासी, वन्यजन्तु र अवैध लागुऔषध ओसारपसार रोक्न सफल भएको छ । नेपालको सीमा क्षेत्रमा दुई वर्षअघि ८७ सीमा निगरानी चौकी ९विओपी० रहेकामा अहिले १९२ वटा पु¥याएर उपलब्धिपूर्ण काम भएको छ । गत फागुनपछि भने चौकी स्थापनालाई सरकारले थप तिब्रता दिएको हो । विकट क्षेत्रमा थप पढ्नुहोस् ...









