राससमा भाँडभैलो : गोकुलले राखेका मान्छे पार्वतले निकाल्ने !

उज्यालो प्रतिनिधि २० पुष २०७७, सोमबार BOX NEWS

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा व्यवस्थापकिय कमजोरीका कारण भाँडभैलो भएको छ । राससमा अहिले पाँच समुहको छुट्टा छुट्टै आन्दोलन भइरहेको छ भने अध्यक्ष श्यामल अधिकारीले हार खाएर हात उठाएका छन् ।

अधिकारीको असक्षमताका कारण पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाको समयमा राखिएका पत्रकारहरुलाई अहिलेका सञ्चार मन्त्री पार्वत गुरुङ्ले निस्कासन गर्ने भएका छन् ।

नेकपाको ओली पक्षका कार्यकर्ताहरुकै बीचमा स्वार्थ बाझिएकाले सरकार, मन्त्री, अध्यक्ष र महाप्रवन्धक आफ्नै भएका बेला आफ्नै कार्यकर्ताले जागिरबाट हात धुनु पर्ने अवस्था आएको हो ।

“यस्तो अनुकुल समयमा सके अरु भर्ति गर्ने हो, उल्टै जागिर खाइरहेकाहरुलाई नै निकाल्ने अवस्था आउनु हाम्रो संगठनको र पार्टीको चरम कमजोरी र असक्षमता हो,” राससको विवाद मिलाउने प्रयास गरिरहेका प्रेस संगठनका एक नेताले भने ।

तत्कालिन प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सदस्य भएका पत्रकारहरु पनि अहिले जागिरबाट हात धुनु पर्ने अवस्थामा पुग्न लागेका छन् । उनीहरुले सरकार, मन्त्री, अध्यक्ष र महाप्रवन्धक आफ्नै भएका बेलामा पनि आफुहरुलाई संरक्षण गर्न नसक्ने संगठनमा बस्नुको औचित्य नहुने भन्दै संगठन छाड्ने चेतावनी दिएका छन् ।

नयाँ नियमावलीमा अस्थायी र करारसम्वन्धी व्यवस्था नरहेको, खुल्ला प्रतियोगितामा सहभागी हुन त्यहीँका कर्मचारीहरुलाई पनि उमेर हद लाग्ने लगायतका व्यवस्था राखिएकाले त्यसबाट सवैभन्दा बढी मर्का तत्कालिन एमाले निकट पत्रकारहरुलाई पर्ने भएको छ । नयाँ नियमावलीले अस्थायी तथा करारमा जागिर खाँदै आएकाहरुलाई नचिन्ने र खुल्ला प्रतिश्पर्धाका लागि खुलेको विज्ञापनमा पनि उमेर नाघेका कर्मचारीहरुले दिन नपाउने भएकाले उनीहरु मर्कामा परेका हुन् ।

पूर्वएमाले निकटकै केही पत्रकारहरुले बढुवा खान खोज्दा उनीहरुकै २२ जना सहकर्मीहरुको जागिर जाने भएको छ । यो विषय प्रेस संगठन र पार्टीका नेताहरुलाई समेत उनीहरुले जानकारी गराएका छन् । नयाँ नियमावली संशोधन गरेर उमेर हद नलाग्ने र करार राख्न पाइने व्यवस्था गर्न राससमा रहेका सवै कर्मचारी संघ संगठनहरुले पटक पटक आग्रह गर्दा पनि अध्यक्ष र मन्त्रीले वेवास्ता गरेको कर्मचारीहरुको गुनासो छ ।

नियमावली संशोधन गर्ने बेलामा कुनै पनि कर्मचारी संघ संगठनको सहभागीता नगराइएको र कर्मचारीहरुका बीचमा छलफल नगराइएको भन्दै नयाँ नियमावलीप्रति सवै संंघ संगठनले आपत्ति पनि जनाएका छन् ।

आफुहरुको सुझाव र आग्रह विपरित प्रक्रिया अगाडि बढाउने र कर्मचारीहरुको जागिर जाने अवस्था आएमा तालाबन्दी सहितका आन्दोलनका कार्यक्रम गर्ने सवै कर्मचारी संघ संगठनहरुले चेतावनी दिएका छन् । उनीहरुको अग्रहलाई मन्त्री गुरुङ् र अध्यक्ष अधिकारीले बेवास्ता गरेकाले राससमा थप भाँडभैलो हुने अवस्था सृजना भएको छ ।
कर्मचारीहरुसँग सरसल्लाह नगरी लुकिलुकी नियमावली संशोधन गरेकाले अहिलेको अवस्था आएको सवैको भनाई छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार