बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

उज्यालो प्रतिनिधि ३० आश्विन २०७८, शनिबार BOX NEWS

मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए । बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार