निर्वाचन क्षेत्रमा गोकुल एक्लै ! प्रदेशका दुवै सांसद प्रचण्ड–माधवको पक्षमा

उज्यालो प्रतिनिधि १३ पुष २०७७, सोमबार BOX NEWS

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटा आफ्नो निर्वाचन क्षेत्रमा एक्लिएका छन् । काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित् बनेका गोकुलका क्षेत्रबाट प्रदेशमा जितेका दुवै सांसद्ले कित्ता क्लियर पारेसँगै गोकुल एक्लिएका हुन् ।

आफूले नेपालकै दोस्रो लोकप्रिय मत ल्याएर निर्वाचन जितेको धाक लगाउँदै आएका गोकुलका क्षेत्रका प्रदेश सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुँमागाईले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको कित्ता रोजेपछि गोकुल एक्लिएका हुन् ।

प्रदेशका दुई सांसदमध्ये हुँमागाई बाँस्कोटा निकट थिए । तर, उनले कित्ता परिवर्तन गरेका छन् । र, आइतबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ताको भेलामा उनले सम्बोधन गरेका छन् ।

भेलामा हुँमागाईले भने, ‘म कुनै पद र लोभको पछि लागेर प्रचण्ड–माधवको पक्षमा उभिएको होइन ।’

प्रदेश सांसदहरुले साथ छोडे सँगै गोकुलको नैतिक र वास्तविक धरातल कमजोर बनेको छ । काभ्रेमा जबर्जस्त प्रभाव जमाउन खोजेका बाँस्कोटा पार्टी विभाजनसँगै कमजोर बनेका छन् । उनी निकटका जिल्लाका कतिपय नेताहरु प्रचण्ड–माधवको पक्षमा उभिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार