सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेलाई सान्त्वना दिँदै माओवादी नेता राजु लामा
काठमाडौ।सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाका पार्टी अध्यक्ष तथा जिल्ला नेता राजु लामाले बुधबार भएको बस दुर्घटनाका घाइतेहरुलाई सान्त्वना तथा साहनुभूति दिएका छन् । सुनकोशी गाउँपालिका ३ कालिकाका छापा नजिकै दुर्घटना हुदा बसमा सवार ३० घाइते भएका थिए । घटनालगत्तै सो क्षेत्रमा पुगेका नेता लामाले घाइतेहरु भेट्दै जुस र पानी वितरण गरेका छन् । बा ३ ख ८०३० नम्बरको सुनकोशी यातायातको बस बुधबार दिउँसो ११ बजे दुर्घटना भएको थियो । नेता लामाले अस्पतालका संचालक टिम र अरनिको यातायात सेवा समितिका उपाध्यक्ष दुर्गा पन्तलाई पनि भेट गरेर उपचारमा कुनै कन्जुस्यांई नगर्न आग्रह गरेका छन् । घाइतेहरु खाडिचौरस्थित सदावहार अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालमा उपचाररत छन् । थप पढ्नुहोस् ...












