सिन्धुपाल्चोक माओवादीको सक्रियता,बाढिग्रत क्षेत्र मेलम्चीमा सयौंको श्रमदान

उज्यालो प्रतिनिधि २३ श्रावण २०७८, शनिबार समाचार

काठमाडौ।नेकपा माओबादी केन्द्र सिन्धुपाल्चोकको आह्वानमा वाईसीयल, विद्यार्थी संगठन र स्थानीय नेता कार्यकर्ताले मेलम्चीमा जनश्रमदान गरेका छन् ।
लगातार शुक्रबार र शनिबार मेलम्ची बाढीबाट प्रभावित क्षेत्र मेलम्चीका विभिन्न स्थानमा नदि नियन्त्रणमा तार जाली ग्यावीन भर्ने लगायत कार्यमा दुई सय नेताकार्यकर्ताले श्रमदान गरिएको नेकपा माओबादी केन्द्र सिन्धुपाल्चोक जिल्ला कमिटि सदस्य सिपि दुलालले उज्यालो नेटवर्कलाई जानकारी दिए
उक्त श्रमदान कार्यक्रमको नेतृत्व नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं बाग्मती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए।
पिडामा रहेको मेलम्ची बाढी प्रभावित जनतालाई पहिलादेखि नै विभिन्न सहयोग गर्दै आएको र पुनःनिर्माणमा पनि पार्टी संगठनले निरन्तर सहयोग गर्ने पुर्वमन्त्री दुलालले जानकारी दिए।
त्यसै आजै बिहान देखिनै बाढी प्रभावित जनताको घर आगनमा खाद्यान्न सामाग्री सहित मन्त्री दुलाल पुगेका थिए।
जसबाट पिउघर माझी बस्तिका ८० घर परिवार र मेलम्चीका दनुवार समुदायका ५० घर परिवारले उक्त राहत लिएका थिए।        बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका दुलाल लगायतको टोलीले यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर सो क्षेत्रको बाढी पीडितको व्यवस्थापन तथा पुनर्निर्माणका लागि सरकारसँग माग गरेको थियो । अर्थमन्त्री शर्माले सो क्षेत्रमा सक्दो चाँडो सबै प्रयास गर्ने बताएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार