काठमाडौ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढीले पुर्याएको क्षतिबारे नेकपा माओवादी केन्द्र जिल्ला नेतृत्वले आवश्यक पहल अघि बढाएको छ । मंगलबार नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एबम बागमती प्रदेश सरकारका पुर्ब सामाजिक बिकास मन्त्री युवराज दुलाल ‘शरद’, बागमती प्रदेश कमिटी सदस्य चन्द्रबहादुर थापा ‘किशोर’, जिल्ला नेता भरथ थापा लगाएतले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई भेटेर तत्काल गर्नुपर्ने काम गर्नका लागि ध्यानाकर्षण गराएका छन ।
गत १ असार मध्यराती आएक बाढी पुनः गत शनिबारबाट बढेक थियो । यसअघिदेखि नै निरन्तर खटिदै आएका सोही क्षेत्रका जनप्रतिनिधि समेत रहेका दुलाल सहितको टोलिले हेलम्बुको किउलदेखि मेलम्चीसम्म पैदल यात्रा गरी बाढीले पुराएको क्षतीको स्थलगत अवलोकन गरेका थिए । सोही अवस्थाको अध्ययन सहित उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, राष्ट्रिय बिपत जोखिम न्यूनिकरण तथा ब्यबस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, मेलम्ची खानेपानीका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ र सडक बिभागका प्रतिनिधि सङ्ग भेट गरेर तत्काल हुनपर्ने बिषयको ध्यानाकर्षण गराएका छन । मेलम्चि र हेलम्बु क्षेत्रमा बिधुत आपूर्ति, सडक मर्मत एवं बैकल्पिक ट्रयाक खुलाइ यातायात सुचारु, बिधुतीय प्रविधिबाट सञ्चालन हुने अस्थायी तुइन स्थापना, बेलीब्रीज स्थापना, भेमाथाङ पहिरोको भौगर्भिक अध्ययन लगायतका कार्य अघि बढाउन आवश्यक पहल भएको छ ।
`थुप्रै चुनौतिका बाबाजुद यथाशक्य छिटो जनजीवन सहज बनाउन हामी निरन्तर प्रयत्नशील रहन्छौं ।´ पुर्बमन्त्री तथा माओवादी नेता दुलालले भनेका छन ।






