देशभरकै उत्कृष्ट सम्मान हात पार्दै अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक
सिन्धुपाल्चोक।काठमाण्डौको प्रज्ञा भवनको हलमा विहीबार देखी सुरु भएको अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनमा सिन्धुपाल्चोक कमिटीलाई उत्कृष्ट कमिटी घोषणा गरिएको छ । उद्घाटन समारोहमा सांगठनिक गतिविधिहरुको मूल्याङ्कानमा सिन्धुपाल्चोक समिति उत्कृष्ट ठहरिएको भन्दै प्रसंसा–पत्र प्रदान गरिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' द्वारा सिन्धुपाल्चोकलाई उक्त प्रसंसा–पत्र प्रदान गरेको हो । सम्मान पत्र पाए संगै जिल्लाभर चौतर्फी रुपमा अखिल(क्रान्तिकारी)सिन्धुपाल्चोक धन्यवादको पात्र समेत बनेको छ। थप पढ्नुहोस् ...












