खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु
कैलाली । खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ । कुटपिटबाट जिल्लाको आलिताल गाउँपालिका ६ झरकाडाका ८ वर्षीय बालक हिमांशु महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कुटपिटमा घाइते भएका बालकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको उज्यालो नेटवर्कलाई जानकारी प्राप्त भएको छ । थप पढ्नुहोस् ...



