सभामुख सापकोटाको पहलमा अबरुद्ध अरनिको राजमार्ग तत्काल खुलाइने
सिन्धुपाल्चोक। सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बाढी र पहिरोका कारण अबरुद्ध अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे तातोपानी सडकखण्ड खुलाउने काम सुरु भएको छ । बिहीबार मात्रै जिल्लाको बाह्रबिसेको जम्बुक्षेत्र पुगेर फर्कनुभएका सभामुख सापकोटाले तत्काल राजमार्ग सुचारु गर्न पहल गर्नुभएको थियो । उहाँले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गर्नुभएको हो । सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिंदै आफूले यसका लागि पहल जारी राखेको बताउनुभयो । छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गरिनुपर्ने बताउनुभयो । उहाँले तत्काल बाटो खोल्ने र सम्पर्क कायम गर्नुपर्नेमा जोड थप पढ्नुहोस् ...



