बाढिग्रस्त क्षेत्र हेलम्बुमा तुइन,स्थानीयले खुसी हुँदै भने माओवादीनै दुखको साथी रहेछ-

उज्यालो प्रतिनिधि १० आश्विन २०७८, आईतवार समाचार

सिन्धुपाल्चोक।गत असार १ र साउन १७ गते मेलम्ची खोलामा आएको भीषण बाढीले चनौटेमा रहेको चर्चित रातोपुल बगाएपछि बैकल्पिक मार्ग बन्द भए संगै विकल्प स्वरुप नेकपा (माओबादी केन्द्र) ले उक्त खोलामा तुइन सञ्चालनमा ल्याएको छ।

हेलम्बु गाउँपालिकाको कार्यालय सहित वडा नम्बर १,२ र ३ जोड्ने पुल बाढीले बगाएको करिब तीन महिना भइसक्दा पनि पुल निर्माणका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायले चासो नदिएपछि नेकपा(माओबादी केन्द्र)केन्द्रिय सदस्य एब पुर्ब बागमती प्रदेश सामाजिक बिकास मन्त्री समेत रहेका युवराज दुलाल ‘शरद’को पहलमा माओवादी केन्द्रका नेता भरत थापा , पेमा ह्योल्मो, लिलाबहादुर जोति, विश्वराम गुराइगाइ लगायतको सक्रियतामा तुइन निर्माण गरिएको युवा नेता समीर गिरिले उज्यालो नेटवर्कलाइ जानकारी दिए ।

तुइनको माओवादी केन्द्रका जिल्ला सदस्य तथा हेलम्बु अध्यक्ष पेमा ह्योल्मोले आइतबार स्थानीयहरुको उपस्तिथिमा उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै नेता ह्योल्मोले पुल बगाएको लामो समयसम्म पनि स्थानीय सरकार लगायत सरोकारवालाहरुले चासो नदेखाएकोले स्थानीय जनताको जनजीवन सहज बनाउन पार्टीको नेतृत्वमा तुइन निर्माण गरिएको बताउनुभयो ।

खोला वारपार गर्ने अन्य विकल्प नहुँदा साउन १७ यता स्थानीय जनता विभिन्न सास्ती खेप्न बाध्य थिए । अहिले ‘तुइन सञ्चालन गरिएपछि स्थानीय वासी खुसी भएका छन्।
खुसी व्यक्त गर्दै स्थानीयले भने हाम्रा प्रतेक दुखमा साथ र हात माओवादीले दिएको छ यसका निम्ति हामि हृदय देखिनै धन्यवाद दिन चाहन्छौं।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार