नागरिक सचेतनानै कोरोना भाईरसबाट जोगिने उत्तम बिकल्ल्प

काठमाडौँ। स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।

कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिए । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उनीहरूले चिन्ता व्यक्त गरे ।

प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ । उनले भने, “अरूको दबाबमा परेर भन्दा आफैँ सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।पत्रपत्रिकाबाट

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार