विकृत राजनीतिबारे मेरा ६९९ शब्द

डिबि संघर्ष २० चैत्र २०८०, मंगलवार

राजनीतिक प्रतिशोधको कारण नेपाली जनतालाइ राज्यले महँगी,बेरोजगारको दलदलमा फसाइरहेको छ। देशमा लोकतान्त्रिक गणतन्त्र संघीयता धर्म-निरपेक्षता स्थापना भएसंगै आजसम्म देशमा राजनीति उथलपुथल भैरहेको छ ।

०७९ को निर्वाचनले बहुमतको आधारमा नेपाली काङ्ग्रेस देशकै ठुलो दलमा स्थापित भएको थियो,तर ठुलो दल भन्ने नाममा सिमित भयो अन्तत,३२ सित प्राप्त गरेको नेकपा(माओवादी केन्द्र)ले देशकै दोस्रो दलभनेर चिनिने नेकपा (एमाले) संग गठबन्धनको सरकार बनेको थियो ।

प्रमुख प्रतीपक्षदलको रुपमा नेपाली काङ्ग्रेस बसेको थियो,नेपाली जन्तामा एकखालको आशा पलाएको थियो,कि देशमा अब कम्युनिस्टहरुको सरकार बनेको छ,पक्कै देशले एउटा छुट्टै खालको मुहारफेर्ने छ,भन्ने परिकल्पना गरेका थिए।

तर कम्युनिस्टहरुको गठबन्धन जनताले अपेक्षा गरे अनुरुप धेरै दिन टिक्न सकेन,नेपाली राजनीतिका king मेकर पुस्पकमल दाहाल(प्रचण्ड) ले एमालेसंगको गठबन्धन लाई तोडेर प्रतिपक्षदल नेपाली काङ्ग्रेस संग गठबन्धन गरेका थिए ।

नेपाली काङ्ग्रेस संग गठबन्धन भएलगत्तै नेकपा (माओवादी केन्द्र) बाट उपप्रधानमन्त्री तथा गृहमन्त्री मा नारायण काजी श्रेष्ठ ले जिम्मेवारी पाएका थिए । जिम्मेवारी पाए लगत्तै देशमा एकखालको उथलपुथल अर्थात भ्रष्टाचारि,अनिमियता कालाबजारी विरुद्ध अभियान नै चलाएका थिए ।कहिले भुटानीसर्नार्थी काण्ड को फाइल समेत खोल्न सफलभएका थिए केही भि।आइपी हरुलाइ जेलपनी हालेका थिए,धेरै कालाबजारीहरु नियन्त्रणमा पनि आएका थिए ।

तर एकाएक भ्रस्टाचारको फाइल नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य पुर्वप्रधानमन्त्री सेर बहादुर देउवा कि धर्मपत्नी आर्जु राणा देउवाको घरमा गएर भ्रष्टाचारको फाइलनै रोकियो त्यस पश्चात् सरकारले विभिन्न धरपकट भ्रष्टाचार सम्बन्धि अनुसन्धानको कार्य अगाडी बढाउन सकेन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सडक र,सदनमा निकै खरोरुपले प्रस्तुत हुनेगरेको थियो, साथै सरकारमा पनि काङ्ग्रेस र,माओवादी केन्द्र बिच निकै बहस र,वादविवाद हुने गरेको थियो,त्यतिकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेस संगको गठबन्धन लाई तोडेर पुनस् नेकपा (एमाले)रास्वपा पार्टी लगायतका दलहरुसंग देशमा समीकरणको सरकार बनेको छ ।

समीकरणको सरकार बने संगै रास्वपा को सभापति रबिलामिछाने ले उपप्रधान तथा गृहमन्त्री को जिम्मेवारी पाएका छन् ।लामिछाने गृहमन्त्री बनेको केहिदिनमै नेकपा (माओवादी केन्द्र) का उपमाहासचिव कृष्ण बहादुर महरालाई सुन काण्डको अभियोगमा गृहमन्त्रीको आदेशमा कपिलवस्तु बाट प्रहरीले पक्राउ गरेर काठमाडौ लगिएको थियो ।

सामाजिकसंजालमा व्यापक महराको बचाउ भन्दा बढी बिरोध को आवाज धेरै देखिन्थ्यो अन्तत महरा दुइदिन पछि आफ्नो बयान दिएर अदालतबाट छुटेकाछन् ।यहाँ सामान्य के बुझिन्छ भने गृहमन्त्री अर्थात सरकारले आफ्नो कर्तव्य निभायो,अदालतले आफ्नो कानुनी जिम्मेवारी निभायो तर महराको राजनीति जीवन भने लगभग रामनाम स्वाह भयो भन्दा फरक न पर्ला ।

गुटबन्दीको राजनीतिले महरा सर लाई बिचित्र बनाएर छाडे बिगतका इतिहास लाई राम्रोसँग नियालेर हेर्नेहोभने यो देशमा सबै भन्दा धेरै विभिन्न देशहरुसँग जस्तै छिमेकी मुलुक भारत चीन जापान अमेरिका लगायतका देशहरुसँग कुटनैतिक सम्झौता गरेर नेपाली जन्ताको निमित्त त्यस्ता सम्झन लायक धेरै कार्यहरु गरेका छन् ।

महरा संचारमन्त्री हुनुभन्दा पहिला रोल्पाबाट वैदेशिक रोजगारमा गएका दाजुभाइ हरुलाइ नेपाल बाट फोन गर्न खोज्दा २र३ घन्टाको बाटो हिडेर s.t.d.p.c.o मा पुगिन्थ्यो पिसियो बाट एकमिनेट को ३५ रुपैयाँ सुल्क लाग्थ्यो, कहिलेकाही बिजुली बत्तिनै हुदैन थियो त्यतिकै फर्केर आउन पर्थ्यो वैदेशिक रोजगारमा गएका छोरा,श्रीमान कस्तो होलान् सन्चो बिसन्चो कस्तो होला भन्ने बडो पिर चिन्तामा घर परिवार बाचिरहेका थिए ।त्यतिकैमा देशमा लोकतान्त्रिक गणतन्त्र आयो,रोल्पाली नेताहरु मन्त्री बने माओवादीको एकलौटी बहुमत भयो जनतामा झनै आशा र,भरोसाको बिरुवा उम्रीन थाल्यो रोल्पाली जन्ताहरु सबै खुसी थिए अब प्रचण्ड ले रोल्पाको निम्ति पक्कै केही त गर्छन् किन कि युद्धबेला प्रचण्ड लाई हामिले आफ्नो गाँस कातेर पालेर युद्ध जिताएर पठाएका छौ ।

भनेका छन् रोल्पा लाई राजधानी बनाउछु,नेपाल लाई कष्लनबउगच बनाउछु भनेका छन् कसो रोल्पा र, रोल्पाली जन्ताकोलागी काम न गर्लान् ? भनेर सबै रोल्पाली हरुले प्रचण्ड प्रती बडो आशावादी थिए अन्तिम मा हातमा लाग्यो शून्य ।तर कृष्ण बहादुर महरा आफू संचारमन्त्री भएपछी पहिलो राम्रो आफ्नो गृहजिल्लाको लागी रोल्पा जस्तो दुर्गम जिल्लामा टेलिफोनको सुनै सेवा सुबिधा थिएन,महराको पहलमा स्काइ,हेल्लो,र,नेपाल टेलिकमको सिम रोल्पाको गाउँ बस्ती हरुमा निकै बिक्री बितरण भएको थियो,रोल्पाको उचा उचा पहाडहरुमा हेल्लो ,र नमस्तेको टावरको स्थापना भएका थिए।

वैदेशिक रोजगारमा गएका दाजुभाइहरुका आमा बुवाहरुले छोरा श्रीमान संग फोनमा बोल्न पहिला जस्तो २र३ घन्टा हिडेर बजार जानू पर्ने बाट निर्मुल भए ,रोल्पालि हरुको हात हातमा मोबाइल भए,घर घरमा बिजुली बत्तिभए ।

महराले गरेका यी कार्यहरु उल्लेख गर्दै गर्दा मलाई फेरि अन्धभक्त भनेर भन्लान् तर म अन्धभक्त होइन,उहाले गरेको राम्रो कामको ब्याख्या गर्दिएको मात्र हो ।त्यसैले हजारौ लाखौ राम्रा कार्यहरु गरेपनी अन्तिममा एउटा नराम्रो कामले ती राम्रा कार्यहरु एकमिनेटमा ओझेलमा पर्दा रहेछन् ।

माओवादीका उच्च नेताका छोराहरुले गर्दा माओवादी पार्टी र, आफ्न बाउ आमाको राजनीतिमा तुसारापात लागेको छ । हिजो जंगलमा कन्दमुल खाएका एक्कासि काठमाडौ छिरेपछी ती युवराजहरु बौलाएर आफ्नो पृष्ठभुमि नै बिर्से बाउको राजनीति धरातल नै बिर्से, अझै पनि माओवादी पार्टीले ती गल्ती कमजोरीहरु दोहोराइरहने हो,भने मैले माथी भने झैँ राम नाम स्वाह नै हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *