रौतहट घर भएका युबकको गोली हानी हत्या

१५ भाद्र २०७७, सोमबार २१:११ मा प्रकाशित

रौतहट । जिल्ला स्थित ईशनाथ नगरपालिका वडा नं ७ घिउरा टोल बस्ने हरिभजन साहको छोरा अन्दाजि वर्ष ३५ को दिनदयाल साहको गोली प्रहार गरी हत्या भएको छ ।

निज साहलाई अज्ञात समुहले गोली प्रहार गरि हत्या भएको हो । सोमबार घटेको यस घटना मृतक साहको शब छिमेकी मुलुक भारत को बिहार स्थित घोडासहन नजिक लैन बसवरिया गाउँको नजिक पोखरिमा शव फेला परेको हो । साहलाई छिमेकी मुलुक भारतमा अपराधिक समुहले गोली हानेर हत्या गरेको हुनसक्ने समाजबादी पार्टीका नेता किरण साहले बताए ।

उनले साहको मृत्यु भएको खबरले स्तब्ध भएको र यस घटनाको घोर भत्सर्ना गर्दै हत्यामा संलग्न अपराधिलाई पत्ता लगाई कार्वाहिको लागी जोडदार माग रहेको बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार