काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कहाँ कहाँका हुन संक्रमित ?

काठमाडौ । पछील्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं र ललितपुरमा गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ५७ जना र ललितपुरमा पाँच जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौंका २७ जनामा सङ्क्रमण्को पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका एक र काठमाडौंका १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

ललितपुरस्थित पाटन अस्पतालमा काठमाडौंको दुई तथा ललितपुरका दुईजनामा सङ्क्रमितको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११ तथा स्टार अस्पताल सानेपामा एक र बीआइडीएच ल्याबमा काठमाडौंका एकजनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार