माल्टामा युवा व्यवसायी डिएस राणाले शुरु गरे हेल्प लाइन, दु:खमा परेका नेपालीहरुलाई सहयोग गर्ने

उज्यालो प्रतिनिधि ५ माघ २०८०, शुक्रबार प्रवास

काठमाडौँ । नेपालीहरुको सेवामा समर्पित हुनको लागि युवा व्यवसायी डिएस राणाले हेल्प लाइन निर्माण गरेका छन । माल्टामा रहेको हिमालय रेष्टुरेन्टबाट हेल्प लाइनको उद्घाटन गर्दै राणाले आजीवन एनएनआरएनको उम्मेदवार नबन्ने बरु एनआरएनएलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् । धेरै नेपाली दाजु भाई दिदी बहिनीहरुले खान बस्न पनि समस्या भएको भन्ने गुनासो गर्ने गरेकोले त्यस्तो समस्याहरुलाई समाधान गर्नको लागि प्रवासमा रहेर व्यवसाय र श्रम गर्ने नेपाली दाजु भाईबाट नै सहयोग लिएर ती समस्याहरुको समाधान गर्न तिर पहल गर्ने बताएका छन् ।

त्यस्तै कार्यक्रममा एनआरएनए माल्टाका उपाध्यक्ष प्रेम लिम्बूले यो राम्रो काम भएकोले आफूले सक्दो सहयोग गर्ने बताएका छन् । एनआरएनका सदस्य कृष्ण भन्डारीले यो काम सर्हानीय भएकोले हामी सबैले सहयोग गर्नु पर्ने बताए । त्यस्तै नेपाली समाज माल्टाका संयोजक दिनेश कार्कीले राम्रो कामलाई सहयोग गर्ने बताए । त्यसैगरी नेपाली समाज माल्टाकी सम्झना लामिछानेले पनि आफ्नो तर्फबाट सहयोग गर्ने बताएका छन ।

व्यवसायी सचिन श्रेष्ठले यो काम आफूले पहिला देखि नै सोचेको र अहिले यो सुरु भएकोमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । व्यवसायी सन्तोष पाठकले आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए । पत्रकार एलिस सञ्जेलले आफ्नो तर्फबाट सहयोग हुने बताए भने शंखर श्रेष्ठले आफ्नो तर्फ बाट सक्दो सहयोग हुने बताए । त्यसैगरी एनएमएफसी का राजेन्द्र विष्ट र आकाश गुरुङले आफूले सक्दो सहयोग गर्ने बताए । एनएमबी ब्यान्डका गगन पोख्रेलले आफूले सक्दो सहयोग गर्ने बताए ।

५० जना भन्दा बढी उपस्थित कार्यक्रममा बोल्दै राणाले भने हाम्रो कार्यक्रम सामाजिक संस्था भन्दा पनि फरक रहेको भन्दै हेल्प लाइन फेसबुक पेजबाट र सामाजिक सञ्जालबाट आफूले गर्ने काम कारबाहीको प्रचार गर्ने र हरेक पाटो पार्दशी हुने बताएका छन् । हरेक कार्यक्रम भने हेल्पलाइन नामक फेसबुक पेजबाट प्रचार हुने उनले बताएका छन् । साथै हेल्प लाईनले सधै सुख दुखको साथिमा समर्पित हुने तामाङ एफसिका मेनेन्जर पासाङ रुम्बा , सुर्यबहादुर थापा, ब्लु हर्ष ईन्टरटेन्टमेन्टको सचिब अमर रावत,र नेपाली समाजका ज्ञान् बहादुर तामाङले बताएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार