तामाङ समाज माल्टाले मनायो २८६० औं सोनाम ल्होछार

उज्यालो प्रतिनिधि २८ माघ २०८०, आईतवार प्रवास

माल्टा । तामाङ समाज माल्टाको आयोजनामा २८६० औं सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको छ । फेब्रुअरी १० तारिखमा दिन माल्टाको पेम्ब्रोकमा बिदेशको ब्यस्त जीवनका बाबजुद कार्यक्रम सम्पन्न गरिएको तामाङ समाज माल्टाका अध्यक्ष सुनिल तामाङ दोङले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल, बिशिष्ट अतिथि गायक पुष्प वाइवा रहेका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख अतिथि एनआरएनएका अध्यक्ष खनालले बिदेशमा रहेर पनि आफनो भाषा संस्कृतिप्रतिको लगाव देख्दा आफुलाइ खुसी लागेको बताए । कार्यक्रममा हरि बिसि, उज्वल केसी ले स्वागत मन्तव्य राखेका थिए । गायक पुष्प वाइवाले तामाङ सेलो लगाएतका मौलिक गित गाएका थिए । स्थानीय कलाकारले साँस्कृतिक प्रस्तुतिहरु तामाङ नित्य, तामाङ जागरण गित गाएका थिए । त्यसै गरि माल्टामा रहेका लोकल ब्यान्ड एनएमबि, एनएसएम लगाएतका ब्याण्डहरुको प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनेको कार्यक्रमको सञ्चालन भने संस्थाका महासचिव छेसाङ लोप्चन (अशिम), रबिन तामाङ र शान्ती वाईवाले गरेका थिए ।

 

 

 

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार