मिस माल्टा २०२३ का विजेताहरुद्धारा माल्टाको हिमालय रेस्टुरेन्टमा किंग नेवारी खाजा सेटको उद्घाटन

उज्यालो प्रतिनिधि १० फाल्गुन २०८०, बिहीबार प्रवास

काठमाडौँ । युरोपको माल्टामा मिस माल्टा २०२३ का विजेताहरुले माल्टाको बुजिब्बामा रहेको हिमालय रेस्टुरेन्टमा किंग नेवारी खाजा सेटको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मिस माल्टा २०२३ का विजेता सरिस स्पेटेरी सहित मिस माल्टाका टप ५ रनरअप कृस्स्यन बोर्च , सनिस बोर्च,एलेक्स्सिया कुचारिया, लेक्सिन फरुजा, एसमिन एटुरल , करोलिना बोर्दियान साथमा मिस माल्टाका कोरियोग्राफर सुजित बस्याल पनि सहभागी भएका थिए ।

कार्यक्रमको क्रममा मिस माल्टा २०२३ का विजेता सरिश स्पेतरिले हिमालय रेस्टुरेन्ट परिवारले आफूहरुलाई निमन्त्रणा गरेर नेपाली खाना को उद्घाटन गर्ने अवसर दिएकोमा हिमालय रेस्टुरेन्ट सञ्चालक डी एस राणालाई धन्यबाद दिनुका साथै आफू सहितको टीम यही २०२४ भित्र नेपाल भ्रमण गर्ने बताएका थिए । आफूहरुलाई नेपाल चिनाउन र नेपालको विषयमा धेरै कुरा जानकारी दिनु भएकोमा सुजित बस्याललाई पनि धन्यबाद दिएका थिए । उद्घाटन कार्यक्रममा माल्टामा रहेका व्यवसायी नेपाली साथै विदेशीहरुको उल्लेखनीय मात्रामा उपस्थित रहेको थियो । कार्यक्रमको अन्तिममा सञ्चालक डी एस राणाले मिस माल्टा लगायत सम्पूर्ण रेस्टुरेन्टमा उपस्थित पाहुनाहरुलाई धन्यबाद दिदै आफूले पैसा कमाउन भन्दा पनि विदेशीहरुलाई नेपाली खानाको स्वाद चखाउँदै नेपाली खानाको विश्वव्यापी गर्नको लागि टेवा पुगोस भन्ने सोचको साथ यो अभियानको रूपमा अघी बढ्ने बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार