प्रधानमन्त्री ओली

सरकारद्धारा सभामुखसँग छलफल नगरी अधिवेशन अन्त्यको सिफारिस, राष्ट्रपतिले गरिन् घोषणा

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै मन्त्रिपरिषदको निर्णय लगत्तै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरेका थिए । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ बैशाख २०७८, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार