सरकारद्धारा सभामुखसँग छलफल नगरी अधिवेशन अन्त्यको सिफारिस, राष्ट्रपतिले गरिन् घोषणा

उज्यालो प्रतिनिधि ६ बैशाख २०७८, सोमबार बागमती

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै मन्त्रिपरिषदको निर्णय लगत्तै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद विघटन फागुन ११ मा सर्वोच्चले पुर्नस्थापना गरेपछि फागुन २३ बाट प्रतिनिधि सभा बैठक बसेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमै सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार