अपर्याप्त भेन्टिलेटर र आइसियूले चितवनमा समस्या
काठमाडौं। भरतपुर चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू श्य्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ । जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३ सय ६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेहरु समेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल रहेका छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा थप पढ्नुहोस् ...










