काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भनेर आँफैले भनेको बताएका छन ।
विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
“एउटा माननिय ज्युले प्रश्न गर्नु भएको थियो नेपालीको प्रतिरोधी क्षमता राम्रो छ् भनेर कस्ले भन्यो भनेर । भर्खरै सुन्नु भयो नि मैले भनेको,त्यो त मैले होनी ।” भनेर जवाफ दिएका छन ।
“नेपालीको प्रतिरोधी क्षमता राम्रो छ् भन्ने कुराको चुनौती कुनै डाक्टर,कुनै वैज्ञानीक , कुनै सोधकर्ताबाट कहिबाट आयो भने मैले स्विकारौला ।”उनले भने ।






