अख्तियारमा दर्जन मुद्दा परेकी डा. संगीता मिश्रा स्वास्थ्यमन्त्री बन्दै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी डा.संगीता मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौँ मुद्दा दायर भएको खुलेको छ । प्रधानमन्त्री सुशिला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउनका लागि सिफारिस गरिसकेकी छन् । तर, डा. मिश्राको विगत विवादित देखिएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मिश्राले स्वास्थ्य उपकरण खरिदका लागि सेटिङ धन्दा चलाएको भन्दै उनीविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्टिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको थियो । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर संगिता मिश्रालाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशकमा नियुक्त गरेका थिए । त्यतिबेला विभागका तत्कालीन महानिर्देशक डा. दीपेन्द्र रमण सिंहलाई स्वास्थ्य मन्त्रालय तानिएको थियो, जसको विरोध समेत भएको थियो । बस्नेतले आफू अनुकुलको टिम नै बनाएर स्वास्थ्य उपकरण खरिदमा थप पढ्नुहोस् ...













