काठमाडौं । जेन–जी आन्दोलनको क्रममा राष्ट्रपति भवन शीतल निवास जलाउने अग्रभागमा कलाकारिता गर्दै आएकी सविना आचार्य देखिएकी छिन् ।
आवरणमा राष्ट्रपति कार्यालय जलिरहेको बेला उनले भिडिओ बनाएर आफैँ पोष्ट समेत गरेको पाइएको छ । उनले भिडिओमा भनेकी छिन्, ‘देखिस् चोर, २४ घण्टा भएको छैन, जेनजी के गर्न सक्दो रैछ देखिस ।’
राष्ट्रको ऐतिहासिक सम्पति जलाएर खुसी मनाएको भन्दै उनीमाथि अहिले चौतर्फी प्रश्न उठिरहेको छ । आचार्यको उपद्रोको फोटो समेत पोष्ट गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवरले लेखेकी छन्, ‘यिनी कलाकार हुन रे । सार्वजनिक सम्पत्ति सकेर देखिस भन्दैछिन्। अब देख्नेछौ तिम्ले यै बनाउन र यस्तै बनाउंदै हाम्रो पुस्ता सक्किनेछ । हिजो खुशी भयौ , दुइचार महिनामा थाहा पाउनेछौ, देशले कति गुमाएछ भन्ने ।’
विभिन्न टेलिसिरियल खेल्दै कलाकारिता सिकिरहेकी आचार्यले जेनजी आन्दोलन सम्बन्धी सबै पोष्टहरु भने हटाएको छ । नेपाल प्रहरीले भने विभिन्न भिडिओमार्फत् संलग्नहरुको विवरण संकलन गरिरहेको छ ।






