अमित खनाल :जसले माओवादी पार्टी कार्यालय जलाउन फेसबुकबाटै गरेका थिए आव्हान

उज्यालो प्रतिनिधि ३१ भाद्र २०८२, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा रहेका अमित खनालले पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय जलाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको खुलेको छ ।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालय चढ्ने उकालोमा पुगेर पार्टी कार्यालय जलाउन पुगेकाहरुको फोटो खिच्दै तुरुन्त उपस्थित हुनका लागि खनालले फेसबुकमार्फत् आव्हान गरेको खुलेको हो ।

जसैगरी माओवादी केन्द्रीय कार्यालयलाई खरानी बनाउनुपर्ने भन्दै खनालले भीडलाई उत्तेजित बनाएको उनीमाथि आरोप छ । फेसबुकबाट हाल उनले डिलेट गरेको स्टाटसमा लेखिएको छ, ‘साथीहरु हामी पेरिसडाँडामा जम्मा भइसक्यौ, सबैजना तुरुन्त आउनुहोला ।’

उनले गरेको पोष्टमा २ सयजना जति सहभागीहरु समेत देखिएको थियो । मुख्य सडकबाट पेरिसडाँडा चढ्ने उकालोतर्फ सहभागी अघि बढ्दै गर्दा उनले फोटो खिचेको देखिएको छ ।

अमित खनाल भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी (नयाँ शक्ति)का केन्द्रीय सदस्य समेत हुन् । उनी २०८१ साल फागुन १ गते सम्पन्न भएको नेसपा (नयाँ शक्ति)को महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २३ वर्षीय खनाल केन्द्रीय सदस्य भएकोमा सबैको बधाईका पात्र समेत बनेका थिए ।

तिनै खनालले अहिले फेसबुकमा भने आफ्नो नाम परिवर्तन गरेका छन् । उनले नाम परिवर्तन गरी (ऊर्जा लेखक) राखेको पाइएको छ ।

गत फेबु्रअरी २ मा उनलाई डा. बाबुराम भट्टराईले उनलाई आफ्नो सचिवालयमा नियुक्त गरेका थिए । सचिवालयमा नियुक्त गर्ने क्रममा भट्टराईले लेखेका थिए, ‘युवा Mechatronics Engineer तथा Digital Creator अमित खनाल लाई आफ्नो निजी सचिवालयमा प्रेस तथा IT विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुशी छु। नाती पुस्तासंगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगकालागि हार्दिक आग्रह गर्दछु ।’

भट्टराईको पोष्टमा अमित खनाल (हाल ऊर्जा लेखक नाम बनाएका)ले कमेन्टमार्फत् लेखेका छन्, ‘हजुरले दिएको यो जिम्मेवारीलाई जिम्मेवारीसाथ निर्वाह गर्नेछु।’

यस सम्बन्धमा बुझ्नका लागि खनालको नम्बर 97676***64 मा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फोन गर्दा उनको फोन सम्पर्क हुन सकेन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार