निजामती कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने

उज्यालो प्रतिनिधि १७ भाद्र २०८२, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । निजामती सेवाका कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने भएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकले यस्तो प्रावधान छ ।

प्रतिनिधिसभाले कर्मचारीले पढाउन नपाउने प्रावधान राखेर विधेयक पठाएको थियो । त्यसलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने प्रावधान राखेको हो ।

विधेयक पास हुनु अगाडि सांसदहरूले कर्मचारीले कार्यालय समय बाहिर अतिरिक्त आम्दानी गर्न सक्ने अवस्थालाई रोक्न नहुने तर्क गरेका थिए । त्यसपछि समिति सभापति तुलसीकुमारी दाहालले ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखेर जाऔं’ भनिन् ।

सभापति दाहालको प्रस्तावलाई समितिले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो सँगै प्रतिनिधिसभाले निजामती कर्मचारीले लोकसेवा तयारीको कक्षा पढाउन नपाउने गरी गरेको व्यवस्था उल्टिएको छ ।

छलफलमा माओवादी केन्द्रका सांसद तारामान स्वारले ‘श्रम गर्नेलाई मर्का पर्न दिन नहुने’ बताएका थिए ।

‘कार्यालय समय बाहिर र कार्यलयको काममा बाधा नपर्ने गरी अन्य काम गर्न बाधा पर्दैन । यही स्पिरिटमा आवश्यक व्यवस्था राखौं’ उनले भनेका थिए ।

माओवादीकै सांसद सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले पनि कार्यालय समय बाहिर निजामती कर्मचारीले लोकसेवा पढाउन नपाउने भन्ने भाषा प्रयोग गरेर जान नहुने बताएका थिए ।

त्यसपछि विधायन व्यवस्थापन समिति प्रतिनिधि सभाले गरेको निर्णय उल्ट्याउने निर्णयमा पुगेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार