राष्ट्रपति–महिला उत्थान कार्यक्रमको हेलिकोप्टरबाट खानीखोलाका गर्भवतीको उद्धार

उज्यालो प्रतिनिधि २२ भाद्र २०८२, आईतवार मुख्य नेटवर्क

काभ्रेपलाञ्चोक । स्थानीय स्वास्थ्य चौकीमा भर्ना भएको २४ घण्टासम्म पनि बच्चा जन्माउन नसकेपछि काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकाबाट गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत् हेलिकप्टरमार्फत् उद्धार भएको छ ।

शनिबार बिहान १० बजे खानीखोला गाउँपालिकाको केन्द्रमा रहेको ताल्ढुंगा स्वास्थ्य चौकीमा भर्ना भएकी १९ वर्षीया गर्भवती महिला आयुष्मा भ्लोनको अवस्था झन् जटिल बन्दै गएसँगै उनको हेलिकप्टरमार्फत आइतबार उद्धार गरिएको हो ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’का अनुसार गाउँपालिकाका गर्भवतीको अवस्था झन् गम्भीर हुँदै गएपछि सम्बन्धित स्वास्थ्य संस्थाको सिफारिसमो बिरामीको उद्धार भएको हो । सिफारिस अनुसार गर्भवतीको उद्धार गरी काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको गाउँपालिकाका अध्यक्ष थिङले बताए ।

ताल्ढुंगा स्वास्थ्य चौकीका अनमी रञ्जु कोइरालाका अनुसार गर्भवती महिलाको स्वास्थ्य अवस्था बिग्रँदै गएका कारण हेलिकप्टरबाट उद्धार गर्नका लागि सिफारिस गरिएको थियो ।

डाँडापारी क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले वर्षातको कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको अध्यक्ष थिङको भनाइ छ ।

खानीखोलामा एक साताअघि मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको थियो । कार्यक्रम लागू भएपछि ज्यान जोखिममा रहेको गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार भएसँगै स्थानीयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार