समाचार

मुलुकको विकासका लागि सरकार दिनरात सक्रिय : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी विकासको गतिमा लम्केको बताएका हुन् । प्रधानमन्त्री ओलीले सरकार गठनको दुई वर्ष पुगेको उपलक्ष्यमा संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुई वर्षको समयमा नीतिगत रूपमा काम गरेको र अबको दिनमा देखिनेगरी विकासको बाटोमा लम्कने बताए । उनले सरकारको काम कारबाहीको विषयमा नकारात्मक प्रश्न उठ्ने गरेको बताउँदै भएका सकारात्मक विषयलाई विशेष महत्त्व दिनुपर्ने बताए। उनले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त पनि सुनाए । राजधानी दैनिकमा खबर छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०७६, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार