राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ् : गृहमन्त्री थापा

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार समाचार

गृहमन्त्री रामबहादुर थापाले सरकारले समग्र विकाससँगै खेल क्षेत्रमा प्रशस्त लगानी गरेको जानकारी दिएका छन् ।

मकवानपुरको वाग्मती गाउँपालिकामा आयोजित तेस्रो गोल्डकपको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनसँगै देशले खेल क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए।

उनले भने, “हालै सम्पन्न दक्षिण एशियाली खेलकूद प्रतियोगितामा हासिल नतिजा यसक्षेत्रको प्रगतिको ज्वलन्त नमूना बनेको छ,”

गृहमन्त्री थापाले खेलकूद स्वास्थ्य, अनुशासन, सद्भाव वृद्धिका लागि महत्वपूर्ण रहेको र खेलकूदलाई व्यावसायिक बनाउनसकिएमा यही माध्यमबाट विकास र समृद्धिको अभियान शुरु गर्न सकिने उल्लेख गरे।

उनले १८ वर्षअघि आफू तत्कालीन फापरबारी गाविस रहेको वाग्मतीमा आएको र आज १८ वर्षपछि आउँदा विकास र रहन सहनमा थुप्रै परिवर्तन पाएको बताए ।

गृह मन्त्रालयले वाग्मतीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल गरिरहेको उनले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार