रोल्पामा ७५ जना एचआईभी संक्रमित, सुनिल स्मृति गाउँपालिकामा सबैभन्दा बढी १३ जना

उज्यालो प्रतिनिधि १७ असार २०८३, बुधबार समाचार

डि बि संघर्ष / रोल्पा । रोल्पा जिल्लामा हाल ७५ जना एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ। जिल्लाभरका स्थानीय तहमध्ये सुनिल स्मृति गाउँपालिकामा सबैभन्दा बढी १३ जना एचआईभी संक्रमित रहेका छन्।

स्वास्थ्य कार्यालय रोल्पाकी अनिता पोखरेलका अनुसार एचआईभी संक्रमणका कारण जिल्लामा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ। हाल जीवित संक्रमितहरूले नियमित रूपमा एआरटी (एन्टिरिट्रोभाइरल) औषधि सेवन गरिरहेका छन् र स्वास्थ्य संस्थाको नियमित निगरानीमा रहेका छन्।

तथ्यांकअनुसार सुनिल स्मृति गाउँपालिकापछि लुङ्ग्री गाउँपालिकामा १० जना, रोल्पा नगरपालिकामा ९ जना, माडी गाउँपालिकामा ५ जना, गंगादेव गाउँपालिकामा ४ जना, त्रिवेणी गाउँपालिका र सुनछहरी गाउँपालिकामा ३/३ जना तथा थबाङ गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।

स्वास्थ्य कार्यालयले एचआईभी संक्रमण रोकथामका लागि समयमै परीक्षण गराउन, सुरक्षित व्यवहार अपनाउन, संक्रमण पुष्टि भएमा नियमित उपचारमा जोडिन तथा संक्रमितप्रति कुनै पनि प्रकारको विभेद नगर्न सबैमा आग्रह गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार