सामुदायीक वनक्षेत्रको ५० हेक्टर जमिनमा विभिन्न १२ जातका ८० हजार विरुवा लगाए

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार समाचार

गणेश कुमार ठाकुर,सिरहा । श्री.नं. १ वन तथा पर्यावरण सुरक्षा गण अन्तर्गतका सुरक्षा सेमु मिर्चैयाले जय वजरंगवली सामुदायीक वन क्षेत्रको ५० हेक्टर जमिनमा विभिन्न १२ जातका ८० हजार विरुवा लगाएको प्रमुख सेनानी सन्दिप सिंह नेगीले जानकारी दिए । विरुवा लागाएको क्षेत्रलाई तारवारले वारेको र त्यसको प्रत्यक्ष संरक्षण र सम्वर्धनको काममा आफ्नो गण सक्रियरहेको उनले सुनाए । वन क्षत्रेको विरुवामा पानी पटाउनको लागि विरुवामा पानि हाल्नको लागि इनार खन्ने कार्य जारी रहेको समेत उनले जानकारी दिए ।
आगामी दिनमा यसक्षेत्रका अन्य सामुदायीक वनहरुमा पनि स्थानीयसँग सहकार्य गर्दै संरक्षण र सुरक्षाको कार्यलाई अगाडी वढाउने से.मु. पति सह–सेनानी राजेश ढकालले बताए । उनलेभने, ‘हामी यसक्षेत्रका खाली जमिनमा विरुवा लगाउने, हुर्काउने कार्यमा छौं, अन्य सामुदायीक वनसँग पनि समन्वय भईरहेको छ’, यो आर्थिक वर्षबाट अन्य वनमा पनि विरुवा रोप्ने, तारजाली गर्ने कामहुन्छ ।’

चुरे तथा चुरेआसपासमा वन संरक्षणको लागि स्थानीय जनताकै अहम भूमिका रहने राष्ट्रपतिका सुरक्षा, बातावरण तथा पर्यावरण सल्लाहकार नेत्र बहादुर थापाले बताएका छन् । राष्ट्रपति कार्यालयबाट तराइका वनको अवस्था अवलोकन तथा सुझाव संकलनको क्रममा सिरहाको मिर्चैयास्थित श्री.नं. १ वन तथा पर्यावरण सुरक्षा से.मुको प्राङ्गाणमा नगरक्षेत्रका सामुदायीक वन पदाधिकारी तथा सरोकारवालाहरुसँग थापाले चुरे र आसपासका वन संरक्षणको लागि स्थानीय जनताको सक्रिय सहभागीताको जरुरी भएको बताएका हुन् ।
वनबाट प्राप्त हुने सवै सुविधा स्थानीयले नै प्रयोग गर्नेभएकाले यसको संरक्षण, सम्वर्धन र प्रवर्धनमा स्थानीयको सहभागीता महत्वपूर्ण हुने थापाले बताए । अनुगमनको क्रममा उनले नारायणी पूर्वका चुरेको अवस्था कमजोर देखेको बताए । उनले भने, ‘अहिले हामी तराइका चुरे र आसपासका वन जंगलको अनुगमन तथा सुझाव संकलनमा छौं’, यसक्रममा हामीले नारायणी पूर्वका वनक्षेत्र कमजोर पायौं । यसक्षेत्रको जंगल संरक्षणप्रति राष्ट्रपति चिन्तित रहेको समेत थापाले सुनाउनु भयो । उनले राष्ट्रपतिले यसक्षेत्रको वन संरक्षणको लागि आफ्नो तर्फबाट पलकदमी लिईरहेको पनि सुनाए ।
सोही क्रममा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहले विकासको नाममा चुरेमाथि दोहन हुनेगरेको बताए । अहिले विकासको लागि चाहिने ढुङ्गा, गिट्टी, वालुवा, ग्र्यावलजस्ता वस्तु चुरेक्षेत्रबाट अन्धाधुन्द उत्खनन भएको भन्दै यसलाई तुरुन्त नियन्त्रण गर्नु आवश्यक रहेको बताए । उनलेभने, ‘वन विनासका कारण त्यसै तराईको भूमि मरुभूमिमा परिणत हुने खतरा बढीरहेको छ, त्यसमा अहिले विकासको नाममा बालुवा, गिट्टी, ढुङ्गा, ग्रयाभेलजस्ता वस्तु वनक्षेत्रबाट अनियन्त्रीत तरिकाले निकाल्दा तराई झन जोखिममा परेको छ, यसको नियन्त्रण हुनु पर्छ ।’ मन्तव्यकै क्रममा साहले यसक्षेत्रको वन संरक्षण, सम्वर्धन र प्रवर्धनमा आफ्नो तर्फबाट सकेजती सहयोग गर्ने प्रतिवद्धता जनाए ।
छलफलको क्रममा मिर्चैया नगरपालीकाका मेयर श्रवण यादवले संघिय सरकारले वन संरक्षणको नाममा किटेरै ससर्त बजेट पठाएमात्र वन संरक्षणमा लगानी गर्न सकिने बताए । उनले अहिले वन संघ, प्रदेश, स्थानीय तह कसले हेर्ने कुनै टुङ्गो नभएकोले अन्यौल भएको बताए ।
सोही क्रममा मेयर यादवले अहिले पनि वन कार्यालयले विभिन्न काम गरेपनि त्यसको स्थानीय तहलाई केही जानकारी नदिने गरेको आरोप लगाए ।
छलफलमा मिर्चैया क्षेत्रमा रहेको मन्ठादेवी सामुदायीक वन उपभोक्ता समिति, जय वजरंगवली सामुदायीक वन उपभोक्ता समिति र जीवा ठाकुर सामुदायीक वन उपभोक्ता समितिका पदाधीकारीहरुको सहभागीता रहेको थियो । उनीहरुले वनक्षेत्रका समस्याका विषयमा जानकारी दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार