वुहानमा रहेका नेपालीहरुको उद्धारका लागि उड्यो निगमको वाइडबडी जहाज

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार समाचार

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा हरेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यतातिर उडेको छ । शनिबार नेपाली समयअनुसार अपह्न ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइडबडी जहाज वुहानका लागि उडेको हो ।

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेको बुझिाएको छ ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेको बुझिएको छ । स्थानीय समयअनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ।

उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । चीनबाट फर्किएका १८२ जनालाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार