‘गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र आँखा गुमाउनु माइला लामाको कसुर हो ?’
माननीय गृहमन्त्री ज्यु, नमस्कार ! जनबादी गायक एबम नेकपाका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु । माननीय मन्त्री ज्यु, जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो भन्ने कुरा थाहा छैन। के अपराध गरे माइला लामा र माइला लामाजस्ता अरु योद्धाहरुले? जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ। माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको 'शेख' बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो थप पढ्नुहोस् ...




