भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुबिधा
हेटौँडा । कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पु¥याइएको छ । विसं २०७२ मा स्थापित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका अनुसार रौतहट र सर्लाही जिल्लामा डिप ट्यबुवेल र स्यालो ट्युबवेलको निर्माण एवं जडानपश्चात् सिँचाइ सुविधा पु¥याइएको हो । उक्त प्रक्रियाबाट कृषि बालीमा सिँचाइ सुविधा पुगेको र उत्पादन बढेको किसानको भनाइ छ । सर्लाही जिल्लामा २०७५÷०७६ मा डिप ट्युबवेल ४६ वटा तथा स्यालो ट्यबुवेल आठ हजार ८० वटा जडान गरी २३ हजार ८५० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइएको प्रमुख कामेश्वर यादवको भनाइ छ । त्यस्तै रौतहट जिल्लामा डिप ट्युबवेल ३४ तथा स्यालो ट्युबवेल सात हजार ९०५ वटा निर्माण गरी २३ हजार ४३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइएको छ थप पढ्नुहोस् ...













